देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस केन्द्रीय समिति र संसदीय दल बैठक आज

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको विधान संशोधनका लागि एकै दिन दुईवटा बैठक डाकेको छ । आगामी २४ गते घोषित संसदीय दलको नेताको चुनावअघि नै संसदीय दलको विधान संशोधनका लागि सभापति शेरबहादुर देउवाले एकैदिन दुईवटा बैठक डाकेका हुन् । सभापति शेरबहादुर देउवाले आज बिहान ८ बजे संसदीय दलको बैठक डाकेका छन् भने दिउँसो दुई बजे केन्द्रीय समितिको बैठक बोलाएका छन् ।  केन्द्रीय सदस्यसमेत रहेका प्रमुख सचेतक चीनकाजी श्रेष्ठका अनुसार बैठकमा दलका तर्फबाट संसदीय दलको विधान संशोधनका लागि प्रस्ताव प्रस्तुत हुनेछ ।

कांग्रेसको संसदीय दलको विधान संसदीय दलले पारित गरेपछि केन्द्रीय समितिबाट अनुमोदन हुन्छ अनि मात्र कार्यान्वयनमा आउँछ । त्यसैले देउवाले सोमबार दिउँसो २ बजे नै केन्द्रीय समिति बैठक पनि बोलाएका छन् । सुरुमा संसदीय दलको विधान संशोधन नगरी निर्वाचन मिति घोषणा गरेको देउवा समूह अन्ततः विधान संशोधनका लागि तयार भएपछि नेपाली कांग्रेसले संसदीय दलको विधान संशोधनका लागि एकै दिन दुईवटा बैठक डाकेको छ ।

आगामी २४ गते घोषित संसदीय दलको नेताको चुनावअघि नै संसदीय दलको विधान संशोधनका लागि सभापति शेरबहादुर देउवाले एकैदिन दुईवटा बैठक डाकेका हुन् । कांग्रेसको संसदीय दलको विधान संसदीय दलले पारित गरेपछि केन्द्रीय समितिबाट अनुमोदन हुन्छ अनि मात्र कार्यान्वयनमा आउ“छ । कांग्रेसले संसदीय दलको विधानबाट विधानको प्रस्तावना, काम कर्तव्य अधिकारी तथा उद्देश्यमा संशोधन गर्नुका साथै कार्यसमिति सदस्यको प्रतिनिधित्वको व्यवस्थामा समेत परिर्वतन गर्दैछ । 

 

]]>