देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल बार अध्यक्षमा केसीको अग्रता

देशान्तर

काठमाडौँ । नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि भएको मतगणनामा लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार शेरबहादुर केसीले अग्रता कायम गरेका छन् । निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत हरिशङ्कर निरौलाका अनुसार आज गणना भएको १४०४ मतमा केसीले ७५१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी प्रगतिशील समूहका विजयकान्त मैनालीले ५९७ मत प्राप्त गरेका छन् ।

अध्यक्षका अर्का उम्मेदवार मनोहर शाहले ३० मत र रामप्रसाद प्रजापतिले छ मत प्राप्त गरेका छन् । हिजो स्थगित भएको आज  बिहान ९ बजेबाट सुरु हुनेछ । महोत्तरी, सुर्खेत, दाङ घोराही, दाङ तुल्सीपुर, बर्दिया, दीपायल, धनगढी, बुटवल, नवलपरासी, पाल्पा, बाग्लुङ, स्याङ्जा, रौतहट, बारा र नेपालगन्ज गरी १७ मतदान केन्द्रको मतगणना सम्पन्न भएको हो ।

त्यसमध्येमा नेपालगन्ज केन्द्रमा सबैभन्दा बढी मत २४९ रहेको थियो ।  हिजो  बिहानदेखि मतगणना सुरु भएको हो । नयाँ कार्यसमितिका लागि शनिबार ३३ निर्वाचन केन्द्रबाट मतदान कार्य सम्पन्न भएको थियो ।  निर्वाचनको मतपेटिका काठमाडौंसम्म ल्याई पु¥याउन केही समय लागेकाले मतगणना कार्यमा ढिलाइ भएको हो । 

सर्वोच्च अदालतको परिसरमा आठ मतगणना केन्द्रको व्यवस्था गरिएको छ । मतगणना गर्न कम्तीमा चार÷पाँच दिन लाग्ने अनुमान गरिएको छ । पदाधिकारीसहित २५ सदस्यीय नयाँ कार्यसमितिका लागि ७१ जनाको उम्मेदवारी परेको थियो । मतदाता नौ हजार ५२२ मध्ये सात हजार ८४५ मत खसेको थियो ।  काठमाडौँ मतदान केन्द्रमा पाँच हजार ८६२ मतमध्ये चार हजार ५९२ मत खसेको थियो । बारको नयाँ नेतृत्वका लागि विशेषगरी प्रगतिशील र लोकतान्त्रिक समूहबीच प्रतिस्पर्धा भएको छ । 

]]>