देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस संसदीय दलको निर्वाचन सम्पन्न

देशान्तर

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न भएको निर्वाचनको मतदान सम्पन्न भएको छ ।कांग्रेस सांसदहरुमध्ये विरामी भएका कारण अनुपस्थित रहेका नरहरि आचार्य बाहेक सबैले मतदान गरेका छन् ।

नेपाली कांग्रेस पार्टी परित्यागको घोषणा गरेका पर्साका सांसद सुरेन्द्र चौधरीले पनि मत दिएका छन् ।
कुल मतदाता संख्या २०७ सदस्यमध्ये २०६ मत खसेको हो ।

संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिस्पर्धामा छन् ।
नतिजा आजै सार्वजनिक हुने निर्वाचन समितिका संयोजक रमेश रिजालले बताएका छन् । मतदानका लागि विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिएको थियो ।

संसदीय दलका नेता तथा तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधन भई रिक्त रहेको पदका लागि निर्वाचन भएको हो ।

]]>