देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसका सबै निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको १३औँ महाधिवेशनको तयारीका क्रममा २४० वटै निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन सकिएको छ । महाधिवेशन सुरु हुन तीन दिन बाँकी हुँदा क्षेत्रीय अधिवेशन सकिएको हो । क्षेत्रीय अधिवेशन हुन बाँकी रहेका रसुवा र महोत्तरी ३ नम्बर क्षेत्रमा सोमबार अधिवेशन भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

यसअघि केन्द्रीय समितिले गत माघ २२ गते २४० वटै निर्वाचन क्षेत्रमा अधिवेशनको तिथि तोके पनि विभिन्न कारणले यी क्षेत्रमा अधिवेशन हुन सकेको थिएन । क्षेत्रीय अधिवेशन सकिएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए । ‘कांग्रेसको विधानानुसार २४० निर्वाचन क्षेत्रबाट समावेशी समानुपातिक प्रतिनिधित्वसहित १२ जनाका दरले दुई हजार ८८० प्रतिनिधिले महाधिवेशनमा भाग लिनेछन् ।

त्यसैगरी भ्रातृ एवम् शुभेच्छुक १८ संस्थाका ९८, विदेशस्थित १७ जनसम्पर्क समितिका १२६ र वर्तमान केन्द्रीय समितिका पदाधिकारी एवम् केन्द्रीय सदस्य ८४ गरी तीन हजार १८८ महाधिवेशन प्रतिनिधि सहभागी हुने निश्चित भएको छ,’ उनले भने । पछिल्लो पटक क्षेत्रीय अधिवेशन सकिएका र विवाद रहेका गरी १० जिल्लामा महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन हुने समितिले जनाएको छ ।

]]>