देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एकता दिवसः विभिन्न कार्यक्रम गरी मनाईयो

देशान्तर

काठमाडौँ। राष्ट्रिय एकता दिवस एवम् पृथ्वी जयन्तीको उपलक्ष्यमा नेपाल राष्ट्रको एकीकरण गर्ने महान् योद्धा पृथ्वीनारायण साहको योगदानको स्मरण गर्दै आज विभिन्न कार्यक्रमका साथ मनाईएको छ ।

सिंहदरबारको पश्चिम प्रवेशद्वार अगाडि रहेको पृथ्वीनारायण साहको सालिकमा आज माल्र्यापन गरिएको छ ।  मुलुकमा राजनीतिक परिवर्तनको घटनासँगै राज्यका निकायबाट औपचारिक कार्यक्रम गर्न छाडिएकामा १० वर्षपछि यस वर्षदेखि फेरि सुरु गरिएको छ । 

नेपाल प्रज्ञा प्रतिष्ठानको अगुवाइमा पृथ्वीनारायण साहको तस्बिरलाई बग्गीमा राखेर निकालिएको र्याली नगरको विभिन्न भागको परिक्रमा गरेर सिंहदरबारको पश्चिम ढोकामा पुगेको थियो । र्यालीमा नेपाली सेना, नेपाल प्रहरी र धिमेबाजाका साथै नेपाल स्काउटका छात्रछात्रा, बुद्धिजीवी, समाजसेवी तथा साहित्यकार सहभागी थिए । 

विसं १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण साहले दक्षिणतर्फ अङ्ग्रेजको दबदबा रहेका बखत स–साना राज्य रजौटालाई एकीकरण गरेर विशाल नेपाल निर्माण गरेका थिए । 

पृथ्वीनारायणको सालिकमा माल्यार्पण गर्न उपप्रधानमन्त्रीद्वय कमल थापा र सिपी मैनाली, उपसभामुख गङ्गाप्रसाद यादव, नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, पूर्वमन्त्री मोदनाथ प्रश्रितलगायतका व्यक्ति सिंहदरबार पश्चिम ढोका पुगेका थिए ।

त्यस्तै विभिन्न राजनीतिक दलका नेताहरुले पनि सो अवसरमा माल्र्यापन गरेका थिए । 

]]>