देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सप्तरीको भारदहमा निषेधाज्ञा यथावत्

देशान्तर

सप्तरी। पूर्वपश्चिम राजमार्गको भारदह, रुपनी र राजमार्ग क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी नै राखेको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालका अनुसार जिल्लाको भारदह र रुपनीमा बिहान ९ देखि साँझ ६ बजेसम्मका लागि निषेधित क्षेत्र यथावत् नै छ । 

यस्तै पूर्वपश्चिम राजमार्गको कोसी ब्यारेजदेखि बलान खोला र गाईघाट कदमहा सडक खण्डको ५०० मि उत्तर र दक्षिण क्षेत्रमा राति ८ देखि बिहान ७ बजेसम्म निषेधित क्षेत्र कायमै रहेको बताइएको छ । गत मङ्सिर ६ गते प्रहरीको गोलीबाट तीन आन्दोलकारी र आन्दोलनका क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएपछि भारदह र रुपनीमा निषेधित क्षेत्र कायम गरिएको थियो । 

]]>