देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

व्यक्तिगत घर बैशाखदेखिमात्र निर्माण हुने

देशान्तर

काठमाडौं। राष्ट्रिय पुर्ननिर्माण परामर्श परिषदको बैठकले तीन महिने कार्ययोजना पारित गरेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले तीन महिनाभित्र ४ चरणका कामहरु पूरा गर्ने गरि कार्ययोजना तय गरेको हो ।
 
कार्ययोजनाको पहिलो चरणमा माघ २ गतेबाट राष्ट्रिय पुननिर्माण महाअभियान शुरु हुने छ । पहिलो चरणमै जिल्लामा समन्वय समितिको गठन हुने छ ।
 
दोस्रो चरणमा पुर्ननिर्माण कार्यान्वयन अवधारणा फागुन १२ गतेसम्म जारी गरिने समितिको बैठकले निर्णय गरेको छ । दोस्रो चरणमै प्राधिकरणका सात वटै उपक्षेत्रीय कार्यालयको स्थापना, प्रत्येक जिल्लामा पुर्ननिर्माण इकाई, सञ्चार केन्द्रको स्थापना हुनेछ ।
 
तेस्रो चरणमा भने सबै जिल्लाको भवन तथा जनसंख्या सर्वेक्षणको सुरुवात हुने  त्यसपछि बैशाख १२ गते प्रत्येक जिल्लाको कम्तिमा पाँचवटा गाविस वा नगरपालिकामा व्यक्तिगत आवास निर्माण कार्य प्रारम्भ गरिने कार्ययोजनामा उल्लेख छ । 

भवन निर्माणका लागि सहयोग पुर्‍याउन एकजना इन्जीनियर, एकजना समाजिक परिचालक र एकजना तालिमप्राप्त निर्माणकर्मीको व्यवस्था गर्ने कार्ययोजनामा उल्लेख छ ।
 
प्राधिकरणले पञ्चवर्षिय पुननिर्माण कार्ययोजना तयार कार्यान्वयन गर्ने तयारी गरेको छ । ५ जिल्लामा नमूना आवास भवन निर्माणको सुरुवात गरिने छ । उक्त भवन अनुसार अन्यले घर बनाउनुपर्ने छ । यो काम चैत्र १२ भित्र गरिसकिने छ ।
 
बैठकमा प्रधानमन्त्री ओलीसहित दका नेता तथा सरकारका उच्च कार्यालयका अधिकारीहरुको सहभागीता थियो । बैठकमा कांग्रेसबाट महामन्त्री प्रकाशमान सिंह उपस्थीत थिए । एमाओवादीबाट शीर्ष नेता बैठकमा सहभागि भएका थिएन् ।

]]>