देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

युवतीको नामबाट नक्कली फेसबुक बनाई ठगी गर्ने पक्राउ

देशान्तर

काठमाडौं । केटीको नाममा नक्कली फेसबुक बनाई एक व्यापारीसँग रकम असुली गर्ने दुईजनालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ ।

भारत घर भइ हाल काठमाडौँ जिल्ला महाबौद्धमा कपडा पसल सञ्चालन गर्दै आएका रोशन गुप्तासँग दैलेख बङलम्जि गाविस–७ कोइराला गाउँका विक्रम ज्ञवाली र काठमाडौँ धापासीका केविन केसीले केटीको नाममा फेसबुक आइडी बनाइ तिम्रो मायाले गर्दा हाम्रो बहिनीले हात काटी उपचारार्थ अस्पतालमा भर्ना भएकी छिन् । उनको  उपचारको लागि रु पचपन्न हजार रकम दिनु,नदिएमा पुलिस केस गरिदिन्छौँ भन्दै धम्की देखाई  रकम अशुली गरेको प्रहरीले जनाएको छ ।

त्यसपछिसमेत ज्ञवाली र केसीले पीडितको पसलमा गई हामी सुवास्ना गौतमको दाजु हो उपचारको लागि रकम दे नदिएमा जे पनि हुन सक्छ भन्दै पटकपटक गरी पीडितबाट रु चार लाख सत्र हजार असुल गरेको प्रहरीले जनाएको छ । उनीहरुले बारम्बार फोन गरी थप दुई लाख रकम माग गरेपछि  पीडितले प्रहरी महाशाखामा दिएको जाहेरीका आधारमा महाराजगन्जस्थित भाटभटेनीबाट उनीहरुलाई पक्राउ गरिएको महाशाखाले आज जनाएको छ ।

]]>