देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अनुपातिक शेयरको माग गर्दै चिलिमेका कर्मचारी आन्दोलनमा

देशान्तर

काठमाडौँ । लगानीका आधारमा शेयर बाँडफाँडको माग गर्दै चिलिमे जलविद्युत् कम्पनिमा कार्यरत कर्मचारी आन्दोलनमा उत्रेका छन् । कर्मचारीले छुट्टै शेयरको माग गर्दै आन्दोलन कार्यक्रमको औपचारिक घोषणा गरेका हुन् । काठमाडौँको अनामनगरस्थित मिडिया इन्टरनेशनलको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा कर्मचारीलाई छुट्याइएको ३.५ प्रतिशत शेयरलाई एउटै बास्केटमा हालेको भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको जानकारी दिइयो । 

कार्यक्रममा आन्दोलनका संयोजक विप्लब खड्काले भने, “नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनि र जिल्ला विकास समिती, रसुवा तथा १८ गाविसका कर्मचारीलाई एकै ठाउँमा राखी अनुचित र अवैधानिक तरिकाबाट शेयर बाँडफाँड गरेकोप्रति व्यापक असन्तुष्टि छ ।” सान्जेन, रसुवागढी तथा मध्येभोटेकोशी जलविद्युत् आयोजनाका शिलशिलामा चिलिमे जलविद्युत् कम्पनिलाई धरौटीमा राखिएको उनले जानकारी गराए । यसअन्तर्गत बन्ने सहायक कम्पनिको शेयरसँग सम्बन्ध राख्ने भएकाले चिलिमे जलविद्युत् कम्पनिका कर्मचारीहरुको भविष्य यसमा जोडिएको भन्दै खड्काले अबको ७ दिनभित्र चिलिमे जलविद्युत् कम्पनिमा कार्यरत कर्मचारीलाई छुट्टै शेयर प्रतिशत छुट्याउन माग गरे । खड्काले भने, “आन्दोलनको समयमा सृजित समस्याको परिणामको जिम्मेवारी चिलिमे व्यवस्थापनले लिनुपर्छ  ।”
कार्यक्रममा कर्मचारीले कम्पनिको सेवामा खटेका कर्मचारीको सेवाको अवमूल्यन भएको भन्दै आक्रोश व्यक्त गरे । सान्जेन जलविद्युत् कम्पनि लिमिटेडमा चिलिमे जलविद्युत् कम्पनि लिमिटेडले ३८ प्रतिशत शेयर हालेकोमा नेपाल विद्युत् प्राधीकरणको जम्मा १० प्रतिशत लगानी भएकाले समान अधिकार हुन नसक्ने भन्दै आवश्यक परे थप आन्दोलन गर्ने चिलिमे जलविद्युत् कम्पनि कर्मचारी युनियनका उपाध्यक्ष सुवर्ण सिंह कुँवरले बताए । युनियनद्धारा जारी प्रेस विज्ञप्तिमा लेखिएको छ, “कम्पनि व्यवस्थापनबाट कर्मचारी आन्दोलनलाई विभाजित गराउने, कर्मचारीहरुलाई हतोत्साहित गराउने र शेयर प्राप्तिको उद्देश्यबाट विमूख गराउने कुकृत्यहरु भइरहेका छन् । यसको मूल उद्देश्य भनेको चिलमे कम्पनिका कर्मचारीहरुलाई पुनः दास बनाइ पीपीपी मोडेलमा आधारित यस कम्पनिलाई धराशायी बनाउनु हो ।” 

]]>