देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रिय पुननिर्माण अभियानको शुभारम्भ

देशान्तर

काठमाडौं । भुकम्प दिवसको अवसर पारेर  जा  राष्ट्रिय पुनर्निर्माण अभियानको शुभारम्भ भएको छ । 
काठमाडौंको रानीपोखरीमा राष्ट्रपति  विद्यादेवी भण्डारीले  उक्त अभियानको आरम्भ गरेकी छन् । 
 
गत बैशाख १२ गते गएको विनाशकारी भूकम्प गएको समय १ बजेर ५६ मिनेटमा आज रानीपोखरीबाट  पुनर्निर्माणको अभियानको उद्घाटन गरेपछि औपचारिकरुपमा पुनःनिर्माण ‘महाअभियान’ सुरु भएको हो। १८ औं भुकम्प दिवसको अवसर पारेर भूकम्पबाट ध्वस्त भएका संरचनाहरुको  पुनर्निर्माणको काम औपचारिकरुपमा सुरु गरिएको हो ।  

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति सुशिल कोइराला, एमाओवादी अध्यक्ष प्रचण्ड, उपप्रधानमन्त्री विजय गच्छदार, गृह मन्त्री शक्ति बस्नेत लगायतको उपस्थिति रहेको थियो। 

प्रधानमन्त्री केपी शर्मा ओलीले भने दिउँसो ललितपुरको बुङ्मतीमा भूकम्पबाट क्षतिग्रस्त सम्पदा पुननिर्माणको उद्घाटन गर्ने कार्यक्रम छ । उनले त्यहाँ सम्पदा पुननिर्माण महाअभियानको कार्ययोजना पनि सार्वजनिक गर्ने कार्यक्रम छ । सरकारले सार्वजनिक सम्पदाको पुननिर्माणका लागि नीतिगत प्रक्रिया थालेको घोषणा गरेपनि वास्तविक पुननिर्माणको काम भने वैशाख पछि मात्रै शुरु हुने भएको छ ।

 

]]>