देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

किर्तेगरी करोडौंको जग्गा हत्याउनेलाई काराबास

देशान्तर

भक्तपुर । पछिल्लो समयमा एक व्यक्तिको नाममा रहेको जग्गा किर्ते गरी मालपोत कार्यालयकै कर्मचारीको मिलेमतोमा अर्कैलाई बिक्री गरेका अनेकौ घटनाहरु सार्वजनिक भइरहेका छन् । यही क्रममा पछिल्लो समय यस्तै एउटा घटनाको पर्दाफास महानगरीय प्रहरी परिसर भक्तपुरले गरेको छ ।

भक्तपुर जिल्लाको साबिक दिव्यश्वरी गाविस– ३ खमा रहेको विभिन्न कित्ता नम्बरका ७ करोड ८४ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको एक रोपनी ६ आना एक पैसा क्षेत्रफलको जग्गा किर्तेगरी मोहीको हकदाबी मेटेको रहस्य प्रहरीले पत्ता लगाएको हो । उक्त किर्ते जालसाजीमा मालपोत कार्यालयका तत्कालीन कर्मचारी देवराज केसी, मोतीप्रसाद घिमिरे र अधिवक्ता युवराज कोइरालाको मुख्य संलग्नता रहेको प्रहरीले जनाएको छ ।  

भक्तपुर जिल्ला साबिक दिव्यश्वरी कुशल भैरवथलीको मालपोत कार्यालय भक्तपुरमा रहेको असुलीतर्फको सक्कल लगतमा सि.नं. ९४२/४३३ न नं..१८३३ ३१ नं.हरू किर्तेगरी पछि थप गरेको अवस्था देखिएकोले सरकारी स्रेस्ता किर्ते गर्ने मानिसलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुर प्रहरीलाई पत्राचार गरेको थियो । सोही पत्रबमोजिम प्रहरीले अनुसन्धान गर्दा करोडौं रुपैयाँको जग्गामा जालसाजी गरिएको रहस्य प्रहरीले पत्ता लगाएको हो ।

अनुसन्धानका क्रममा जिल्ला भक्तपुर साबिक दिव्यश्वरी गाविस वडा नं. ३ ख कि.नं. ३५ को क्षेत्रफल ०–३–२–०, ऐ.को कि.नं. ४९ को क्षे.फ. ०–१२–०–०, ऐ.को कि. नं.. ५१ को क्षे.फ. ०–५–२–०, ऐ.को कि. नं. ५८ को क्षे.फ. १–११–०–० र ऐ. वडा नं. ४ ख को कि. नं. ३११ को क्षेफ १–६–१–० को जग्गाहरूको मोहीको हक लाग्ने बुरमाया प्रजापति र उनको पिता रतनबहादुर कुमालसमेत भएकोमा उक्त जग्गाहरू एकलौटी लिनखानको लागि हिमाद्रीशमशेर जबरा, मोतीप्रसाद घिमिरे, मालपोत कार्यालय भक्तपुरका तत्कालीन कर्मचारी खरिदार देवराज केसीसमेतको मिलेमतो गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूले भक्तपुर जिल्ला साबिक दिव्यश्वरी कुशल भैरवथलीको मालपोत कार्यालय भक्तपुरमा रहेको असुलीतर्फको सक्कल लगत ठेलीमा ‘सि.नं. ९४३/४३३ न नं. १८३३ ३१ नं.हरू र कनकशमशेर बालुवाटार’ भन्ने अंक र अक्षरहरू पछि थप गरी किर्ते गरेकोले निजहरूलाई किर्ते मुद्दामा कारबाही गरी पाऊँ भन्ने पूर्णमाया कुमाल खड्काले जाहेरी दरखास्त दिएकी थिइन् ।

सोही जोहरी दरखास्त र अख्तियारको पत्रको आधारमा गत पुस १ गते प्रहरीले तत्कालीन जिल्ला मालपोत कार्यालय भक्तपुरमा कार्यरत तथा हाल मालपोत कार्यालय कलंकी काठमाडौंमा कार्यरत वर्ष ४८ को खरिदार देवराज केसीलाई पक्राउ गरी भक्तपुर जिल्ला अदालतबाट म्याद थप गरी सरकारी छाप दस्तखत किर्ते मुद्दाको अनुसन्धानको लागि प्रहरी हिरासतमा राखी बयानलगायतका अनुसन्धान कार्य अगाडि बढाइएको थियो ।

यसैगरी, दोलखा नाम्दु गाविस वडा नं. ४ घर भई हाल काजिकामनपा ८ पशुपति बस्ने वर्ष ५६ का मोतीप्रसाद घिमिरेलाई पनि पुस ९ गते प्रहरीले पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा पक्राउ परेका अभियुक्तहरूबाट सो किर्ते कार्यमा संखुवासभा जिल्ला खाँदवारी नपा वडा नं ९ घर भई हाल काजिकामनपा वडा नं. ३५ कोटेश्वर बस्ने अधिवक्ता वर्ष ५० को युवराज कोइरालासमेत संलग्न रहेको खुलासा गरेपछि प्रहरीले उनलाई पनि गत पुस २८ गते कमलपोखरीबाट पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा मालपोत कार्यालय भक्तपुरका तत्कालीन मातपोत कार्यालय भक्तपुरको लगत फाटमा कार्यरत नासु देवराज केसीको जिम्मामा रहेको सक्कल लगत ठेलीमा लिखित रूपमा काम गरी आफूलाई फाइदा लिने गरी जम्मा रु. ७ करोड ८४ लाख ५० हजार पर्ने जग्गाहरू अर्काको हक मेट्ने गरी प्रमाण हुने कार्य लेखी प्रमाणीकरण भएको सरकारी कागजमा फाइदा लिनका लागि लागि नम्बर र अक्षरहरू नै थपी प्रतिवादीहरूले सरकारी छाप तथा दस्तखत किर्ते गरेको प्रहरीले पत्ता लगाएको थियो । भक्तपुर जिल्ला अदालतले  पुस २७ गते देवराज केसी उपर ८५ लाख र मोतीप्रसाद घिमिरे उपर रु. ५० लाख घरौटी माग हँुदा राख्न नसकेपछि हाल उनीहरूलाई कारागार कार्यालय डिल्लीबजारमा थुनामा राखिएको छ ।

त्यस्तैm अधिवक्ता कोइरालालाई हाल अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ । कोइरालाले अन्य व्यक्तिहरू उपरसमेत ठगी गरेको वा किर्तेमा संलग्न भएको हुन सक्ने भन्ने सूचनाको आधारमा देशभरि निजको तस्बिर तथा नाम ठेगानासहित परिपत्र गरिएको, अन्य अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।  

 

]]>