देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टिफिन च्यापेर अस्पताल पुग्छन् डाक्टर

देशान्तर

काठमाडौं । वीर अस्पतालका बरिष्ठ न्युरोसर्जन गोपालरमण शर्मासँग कार्यालय जाँदा साथमा सधैँ टिफिन बाकस हुन्छ। टिफिन बाकसमा रहेको खाजा अरुका लागि होइन, आफ्नै लागि हो। शर्मा मात्रै होइन, अस्पतालका अधिकांश डाक्टर स्कुले नानी वा महिला कर्मचारीझैँ साथमा टिफिन बाकस बोकेर कार्यालय पुग्छन्।

कारण हो–अस्पतालका क्यान्टिनको कसैलाई भर छैन। फोहर, बासी र अस्वस्थकर खानाले चिकित्सक नै बिरामी हुने समस्या बढेपछि अधिकांशले घरबाटै टिफिन ल्याउन थालेका हुन्।  अस्पतालका क्यान्टिन र वरपरका रेस्टुराँको भरै हुँदैन, डा. शर्माले भने, अनेक स्वास्थ्य समस्या देखिएपछि मैले घरबाटै खाजा ल्याउन लागेको हुँ।’

चिकित्सक शर्माले टिफिन बाकस बोक्न थालेको दश वर्ष भयो। वीरमा उनैले थिति बसाएका हुन्। अस्पताल वार्डका नर्सिङ कर्मचारी भने पहिलेदेखि नै टिफिन बोकेर अस्पताल आउँथे।  नागरिक दैनिकमा समाचार छ।
 

]]>