देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नपढेका महिला पनि विदेश जान पाउने

देशान्तर

काठमाडौं । अशिक्षित ग्रामीण महिला पनि रोजगारीका लागि खाडी र मलेसियालगायतका मुलुक जान पाउने भएका छन् । हाउसमेडका रुपमा महिला कामदार पठाउने भन्दै २ वटा म्यानपावर एजेन्सीले लेबनानबाट दुई सय नेपाली कामदारको माग वैदेशिक रोजगार विभागअन्तर्गत वैदेशिक रोजगार कार्यालय पूर्व श्रमस्वीकृतिका लागि फाइल पेस गरेका छन् ।

म्यानपावर एजेन्सीमार्फत ‘हाउस मेड’को माग पहिलोपटक आएको हो । वैदेशिक रोजगार काठमाडौं कार्यालयका प्रमुख मधुविलास पण्डितले विभागमा पेस भएकामध्ये ५० प्रतिशत मागमा पूर्वश्रमस्वकीृत दिइसकेको बताए । एक लट कामदार पठाइसकेपछि मात्र अर्को लटमा थप पूर्वश्रमस्वकीकृति दिइने उनले बताए ।

खाडी मुलुक र मलेसियामा कामदारको मासिक पारिश्रमिक दुई सय देखि दुई सय ५० डलर सम्म रहेको  छ । कारोवार दैनिकमा समाचार छ । 

]]>