देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एक हप्ताभित्र सार्वजनिक यातायातको भाडा समायोजन गरिने

देशान्तर

काठमाडौँ। यातायात व्यवस्था विभागले एक हप्ताभित्र सार्वजनिक सवारी साधनको भाडा समायोजन गर्ने भएको छ । 

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ घटेसँगै नेपालमा पनि सोमबार रातिदेखि मूल्य समायोजन गरिएको हो । इन्धनको भाउ घटेपछि बुधबारदेखि नै हवाई भाडा समायोजन गरिएको छ । 

सार्वजनिक यातायातको भाडा भने अझै घट्न नसक्दा यात्रु मनपरी भाडा तिर्न बाध्य छन् । इन्धन अभावले काला बजारियासँग डिजेल हालेको भन्दै सार्वजनिक सवारीका परिचालकले सकेजति भाडा उठाए पनि विभागले कारबाही गर्न नसकेको पीडितको गुनासो छ । 
विभागले विसं २०६५ देखि वैज्ञानिक भाडादर लागू गरेको भने पनि बढेको समाचार सञ्चार माध्यमले सार्वजनिक गरेकै दिन बढेअनुसार भाडा लिने र घटेको महिनौँ बित्दा पनि भाडा समायोजन गलत परम्परा बसेको उपभोक्तावादी र यात्रुको गुनासो छ । 

लामो रुटमा भने भाडा घट्ने विभागले जनाएको छ । यसअघि भदौ २५ गते विभागले घटाएको भाडा कार्यान्वयनमा यातायात व्यवसायीले सहयोग नगरेपछि रु एक भन्दा बढी भाडा लिनेलाई पनि ट्राफिक प्रहरीले रु पाँच हजार दण्डस्वरुप कारबाही गरेको थियो । 

भारतको अघोषित नाकाबन्दीलाई कारण देखाउँदै सवारीका परिचालकले विद्यार्थी सहुलियत नदिएपछि राजधानीमा त्रिचन्द्र क्याम्पसका विद्यार्थीले आन्दोलन गरी कारबाहीका लागि ट्राफिक प्रहरीलाई दबाब दिएका थिए । 

नेपाल विद्यार्थी सङ्घले आजै एक विज्ञप्ति जारी गरी इन्धनको समायोजित मूल्यअनुसार भाडादर कायम गर्न र बिना रोकतोक विद्यार्थी सहुलियत लागू नगरिए कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

]]>