देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चितवनका काँग्रेस नेता अचेत अवस्थामा अस्पतालमा

देशान्तर

काठमाडौं । चितवन निवासी नेपाली काँग्रेसका पुराना नेता नारायणप्रसाद जोशी लामो समयदेखि अचेत अवस्थामा रहेपछि थप उपचारका लागि काठमाडौँं ल्याइएको छ ।

चितवनको भरतपुर अस्पतालमा एक हप्तासम्म आइसियुमा राखी उपचार गरेपनि सुधार हुन नसकेपछि उनलाई आज काठमाडौं ल्याइएको काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए ।
    
झण्डै १५ वर्षदेखि पक्षाघातबाट ग्रसित जोशी चितवनको टिकुलिगढस्थित आफ्नै घरमा बसिरहेका बेला एक हप्ता अगाडि बेहोस भएपछि भरतपुर अस्पताल लगिएको थियो  ।
    
त्यहाँ उपचार हुन नसकेपछि उनलाई आज काठमाडौँंको बालाजुस्थित जनमैत्री अस्पतालमा भर्ना गरिएको छ । नेता जोशीको अवस्था चिन्ताजनक रहेको पनि केसीले बताए ।

नेपाली काँग्रेस पर्वतका पूर्व जिल्ला सभापति समेत रहेका ९२ वर्षीय जोशी प्रजातन्त्रका पक्षमा लड्दा तत्कालीन पञ्चायती शासकले सर्वस्वहरणसहित देश निकाला गरेपछि १४ वर्ष भारत निर्वासनमा बसेका थिए ।

 

]]>