देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पश्चिमी वायुको प्रभावले मौसममा खराबी

देशान्तर

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण आज काठमाडौँ उपत्यकासहित देशका मध्य र पूर्वी भेगको मौसममा खराबी आएको छ ।

मौसम बदली भई केही भेगमा वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातसमेत भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम बदलीसँगै काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम ३.८ भएका कारण बढी चिसो महसुस गरिएको छ ।

उपत्यकामा फाट्टफुट्ट र केही पहाडी भेगमा हल्का वर्षा भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिए । उनका अनुसार भोलि देशभर मौसम बदली हुने तथा केही पहाडी भेगमा हल्का वर्षा हुनेछ ।

आज पश्चिमका केही जिल्लामा समेत मौसमको प्रभाव परेको छ तर तराई भेगमा भने मौसम सफा रहेको छ ।

 

]]>