देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

करोडौंका विदेशी मुद्रा बोरामा

देशान्तर

काठमाडौं । लुम्बिनीस्थित मायादेवी मन्दिरमा रहेका दानपात्रहरुमा चढाइएका विदेशी मुद्रा सटही हुन नसक्दा वर्षौंदेखि बोरामा पोको पारेर राखिएको छ । नेपाल राष्ट्र बैंकको असहयोगका कारण सटही नहुँदा यी मुद्रा त्यत्तिकै कुहिने अवस्थामा पुगेका छन् ।

सटही गर्ने व्यवस्था नभए पनि हरेक पटक दानपेटिकामा भएका मुद्रा गणना गर्ने गरिएको छ । यीमध्ये तत्काल सटही हुने र नहुनेलाई छुट्याउने गरिएको छ । सटही हुने रकम तत्काल लुम्बिनी विकास कोषको कारोबार हुने एनसीसी बैंकमा पठाइन्छ ।

सटही नहुने रकमको विवरण र अभिलेख बनाई राख्ने गरिएको कोषका कोषाध्यक्ष ओमप्रसाद अर्यालले बताए । राष्ट्र बैंकले खरिद(बिक्री गर्ने मुलुकबाहेकका मुद्रा पनि दानपेटिकामा चढाइन्छ । यी मुद्रा सटही गर्न राष्ट्र बैंकले मात्र सक्छ । कारोबार दैनिकमा समाचार छ ।

]]>