देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मोर्चासँग कांग्रेसको सहयोग अपिल

देशान्तर

काठमाडौं । कांग्रेसका तराई–मधेसका सांसद र केन्द्रीय सदस्यले महाधिवेशन नबिथोल्न आन्दोलनरत मधेसी मोर्चाका नेता तथा कार्यकर्तासँग अपिल गरेका छन् । दुई नम्बर प्रदेशका केन्द्रीय सदस्य र सांसदहरूको सोमबार बसेको बैठकले अधिवेशन सम्पन्न गर्ने संवैधानिक हक र अधिकार रहेको उल्लेख गर्दै मोर्चाका नेताहरूसँग सद्भाव र सहयोगको आग्रह गरेका हुन् ।

कतिपय जिल्लामा आन्दोलनरत दलले अधिवेशन गर्न नदिने भनी दिएको चेतावनीतर्फ संकेत गर्दै कांग्रेसको सोमबारै सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले पनि आन्दोलनरत दलहरूसँग सहयोगको अपिल गरेको छ । अधिवेशनका लागि सहज वातावरण बनाउन कांग्रेस केन्द्रीय सदस्य विमलेन्द्र निधि, आनन्द ढुंगाना, फरमुल्ला मन्सुर र पद्मनारायण चौधरीले मंगलबार मोर्चाका नेताहरूसँग छलफल गर्ने भएका छन् । छलफलपछि २ नम्बर प्रदेशका कांग्रेस सांसद र केन्द्रीय सदस्यको बैठक मंगलबार पुन: बस्ने सांसद रामकृष्ण यादवले बताए ।

तराई–मधेसका सांसदले पार्टी अधिवेशनमा जाने नेता तथा कार्यकर्ताको सुरक्षा प्रत्याभूति दिन पनि आग्रह गरेका छन् । २ नम्बर प्रदेशका ८ जिल्लाका नेतृत्वपंक्तिलाई क्रियाशीलतापूर्वक लाग्न आग्रह गर्दै निर्धारित मितिमा अधिवेशन सम्पन्न गराउनका लागि वातावरण बनाउन बैठकले आग्रह गरेको छ । संविधान संशोधनलाई स्वागत गर्दै उनीहरूले सीमांकन, नागरिकतालगायत मुद्दामा गम्भीरतापूर्वक छलफल गरी संवादबाटै निकास निकाल्नसमेत माग गरेका छन् । कान्तिपुर दैनिकमा समाचार छ । 

]]>