देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रिय एकता र मेलमिलाप वर्तमानमा पनि उत्तिकै अपरिहार्य

देशान्तर

पोखरा । चालिसौँ राष्ट्रिय एकता र मेलमिलाप दिवसका अवसरमा नेपाली काँग्रेस लेखनाथ नगर समिति, कास्कीद्वारा बिपी स्मृति भवन लेखनाथमा बिहीबार आयोजित अन्तरक्रियामा राष्ट्रिय एकता र मेलमिलाप वर्तमानमा पनि उत्तिकै अपरिहार्य भएकामा जोड दिइएको छ ।

राष्ट्रियता र लोकतन्त्रलाई एक साथ अघि बढाउँदै देशलाई समृद्धिको मार्गमा उन्मुख गराउन बिपी कोइरालाले अङ्गीकार गरेको राष्ट्रिय एकता र मेलमिलापको सिद्धान्तलाई प्रमुख राजनीतिक शक्तिले आत्मसात् गर्नुपर्नेमा वक्ताहरुको जोड थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले बिपी कोइरालाले अघि सारेको राष्ट्रिय एकता र मेलमिलापकै जगमा नेपालले नयाँ लोकतान्त्रिक संविधान प्राप्त गरेको भन्दै यसको कार्यान्वयनका लागि पनि काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए ।

नेपाली काँग्रेसका पूर्वमहामन्त्री तारानाथ रानाभाटले प्रत्येक नेपालीबीचको भावनात्मक एकता वर्तमानको आवश्यकता भएको चर्चा गर्दै राजनीतिक दलले राष्ट्रिय हितलाई सर्वोपरी राख्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

नेपाली काँग्रेस, कास्कीका सभापति एवम् सांसद यज्ञबहादुर थापाले बिपी कोइरालाले राष्ट्रियता र प्रजातन्त्रलाई राष्ट्रिय एकता र मेलमिलापका माध्यमबाट जोड्न खोजेको उल्लेख गरे ।

नेपाली काँग्रेस लेखनाथ नगर समितिका सभापति राजेन्द्रमणि लामिछाने, नेपाली काँग्रेस, कास्कीका पूर्वसभापति सोभियतबहादुर अधिकारीलगायतले राष्ट्रिय एकता र मेलमिलापको वर्तमानमा पनि उत्तिकै सान्दर्भिक रहेको भन्दै देशको विद्यमान सङ्कटको समाधानमा नेपाली काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए ।

 

]]>