देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसमा भागबण्डाको राजनिती तोड्छु: डा शेखर कोईराला

देशान्तर

सिलगढी । नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले कार्यकर्ताले साथ दिए आसन्न १३औं महाधिवेशनमा काँग्रेस भित्रको भागबण्डा राजनिती आफूले जसरी पनी तोड्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । सूदूरपश्चिमको भ्रमणमा रहेका डा कोइरालाले डोटीको सिलगढीमा आयोजित कार्यकर्ता भेलालाई संवोधन गर्दै भने– ‘६०/४० को भागबण्डाले नेपाली काँग्रेस क्षेत विक्षत भएको छ ,दूरदराजमा रहेका कार्यकर्ताहरूको योगदानको उचित मूल्यांकन र कदर हून सकेको छैन ,तपाँईहरू साथ दिनूहोस ६०/४० को भागबण्डाको राजनिती तोडेर काँग्रेसलाई नयाँ शिरामा प्रवेश गराउँछू।सिंगो काँग्रेस बनाउँछु । कुनैपनि कार्यकर्ताहरूले शिर निहूर्याएर हिड्नूपर्ने काम म बाट हुनेछैन्र ।’ 

अर्को प्रशंगमा धारणा राख्नुहुँदै डा कोइरालाले आफूले पार्टी,लोकतन्त्र र राष्ट्र हितलाई केन्द्रमा राख्दै पार्टीको ह्विप समेत नमानेर राखेको संविधान शंसोधन प्रस्तावको संवोधन नगरेकै कारण देश अहिले जटिल मोडमा पुगेको बताए ।  लोकतन्त्रको मर्म र सिद्धान्त बमोजिम नेपाली काँग्रेसले प्रधानमन्त्रीमा उम्मेदवारी दिएको बताउँदै प्रधानमन्त्रीमा नेपाली काँग्रेसले हारेपनि मुलुक र लोकतन्त्रले जितेकोमा यसमा काँग्रेसको जित भएको प्रष्ट्र पारे ।  

भारत र मधेससँगको समस्यालाई एकै डालोमा राखेर हेरिएकाले समस्या थप बल्झिदै गएको बताए । मधेसको समस्यामा राज्य थप जिम्मेवार र गम्भिर नभए मुलुक बिखण्डनमा जाने खतरा रहेको समेत बताए । 

]]>