देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चिम्नी ढल्दा छको मृत्यु, साठी घाइते

देशान्तर

इटहरी । इटहरी उपमहानरपालिका–१६ एकम्बास्थित न्यु जय नेपाल इँटाभट्टाको चिम्नी आज साँझ ढल्दा छ मजदूरको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन् ।

मृत्यु हुनेमा सोही भट्टामा काम गर्ने सग्दाम हुसेन, सलुन मियाँ र राहुल मियाँको मात्र सनाखत भएको र अन्यको पहिचान खुल्न नसकेको प्रहरी नायब उपरीक्षक चिरञ्जीवी कोइरालाले जानकारी दिए ।

उक्त घटनामा ६० भन्दा बढी घाइते भएको र एक्स्काभेटर प्रयोग गरी घाइतेको उद्धार जारी रहेको र उद्धार गरिएकालाई उपचारका लागि बिपी कोइराला मेमोरियल अस्पताल र नोबेल मेडिकल कलेज विराटनगर लगिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

]]>