देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गुल्मीमा ट्र्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु, एक घाइते

देशान्तर

काठमाडौं ।  गुल्मीको हस्तिचौर गाविसमा सोमबार राति भएको ट्र्याक्टर दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका छन् ।

प्रहरीका अनुसार सदरमुकाम तम्घासबाट खाध्यान्न सामाग्री लिएर हस्तिचौर तर्फ गएको लु २ त ४८३१ नम्बरको ट्याक्टर हस्तिचौर गाविस ३ कालाखोलामा दुर्घटनामा परेको हो ।  सडकबाट झण्डै ७० मिटर तल खसेको दुर्घटनामा चालक हस्तिचौर–६ का १९ वर्षीय बैकुण्ठबहादुर मुखिया, हस्तिचौर–३ का ६५ वर्षीय बिर्खबहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक शैलेन्द्रकुमार भट्टले बताए ।

त्यस्तै हस्तिचौरकै ५८ वर्षीय चन्द्रबहादुर कुँवर र २६ वर्षीय जुद्धबहादुर मुखियाको उपचारको क्रममा जिल्ला अस्पताल तम्घासमा मुत्यु भएको प्रहरीले जनाएको छ । घटनामा घाइते हस्तिचौरकै ३१ वर्षीय सन्तबहादुर कुमाल जिल्ला अस्पतालमै उपचार भइरहेको छ  । 

]]>