देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लुम्बिनीमा विश्व शान्ति पूजा

देशान्तर

लुम्बिनी। सिद्धार्थ गौतमको जन्मस्थल लुम्बिनीमा आजदेखि विश्व शान्ति पूजा सुरु भएको छ । 

विश्व शान्तिको कामना गर्दै सुरु भएको पूजामा नेपाल, भारतलगायतका बौद्धधर्मावलम्बी भएका देशका तीन हजार बढी बौद्ध भिक्षु तथा लामाको सहभागिता छ ।

११ दिनसम्म चल्ने पूजामा विश्व शान्तिका लागि दैनिक प्रार्थना हुनेछ । तसीराप्तीङलिङ साक्यापा गुम्बामा सुरु भएको पूजामा बिहान ७ देखि ८ बजेसम्म तारा पूजा तथा बिहान ९ देखि मध्याह्न १२ र अपराह्न २ देखि साँझ ५ बजेसम्म मल्याम शान्ति पूजा हुने पूजा संयोजक टाक्या लामाले बताए । 

पूजाका लागि भारतबाट आएका लामा गुरुहरु सार्वजनिक यातायात नहुँदा रिक्सा तथा हिँडेरै लुम्बिनी पुग्न बाध्य भएका थिए । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले लुम्बिनीमा हुने पूजाका लागि पर्यटक गाडी चल्न दिने बताए पनि सार्वजनिक यातायात चलेको छैन ।

]]>