देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मुक्त कमैयाले लालपुर्जा पाए, जग्गा पाएनन्

देशान्तर

गुलरिया। सरकारले बर्दियामा बसोबास गर्ने मुक्तकमैयालाई जग्गाको लालपुर्जा दिए पनि उनीहरुले अझैसम्म जग्गा उपयोग गर्न पाएका छैनन् । 

भूमि सुधार अधिकारी नरहरि तिवारीका अनुसार बर्दियामा कुल १६ हजार २६२ परिवार मुक्तकमैयाले लालपुर्जा पाए तापनि अझै एक हजार २०० जनाले जग्गा पाएका छैनन् । एक हजार २०० मध्ये ६४१ जना परिचयपत्रसमेत पाउन बाँकी छन् भने ४१७ ले जग्गा पाएका छैन । अरू मुक्तकमैया जग्गा र लालपुर्जासमेत नपाउँदै मृत्युवरण गरिसकेका छन् । तीमध्ये करिब दुई हजार मुक्तकमैयालाई सरकारी लगतमा जग्गा दिलाए पनि तीनलाई जग्गा कहाँ छ भन्ने पनि थाहा नै छैन । बसोबास र जीविकोपार्जनका लागि दिइएको जग्गा उपयोग गर्न नपाएपछि उनीहरु अहिले बिचल्लीमा परेका छन् । 

उनीहरुले पाएका जग्गामध्ये कतिपय स्थानको जग्गा अन्य व्यक्तिले पहिलेदेखि नै उपयोग गर्दै आएका, केहीले पाएको जग्गा कसैको नहरमा परेको, केहीको बाटो वा खोल्सामा परेको छ । कतिपयको जग्गा नदीले कटान गरेको पाइएको छ । कतिपयलाई लालपुर्जा दिइए पनि स्थलमा गएर जग्गा चिनाएको छैन । स्थल नहेरी सरकारी निकायका कर्मचारीले कार्यालयमै बाँडफाँट गरेकाले यस्तो समस्या आएको मुक्तकमैयाका अगुवा बिन्तीराम चौधरीले बताए । आफनो जग्गा कुन हो भनेर चिन्न नपाएकालाई स्थलमा गएर जग्गा देखाई दिनुपर्ने मुक्त कमैयाको माग छ । 

]]>