देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पूर्वाञ्चलमा धमाधम औषधि आउन थाल्यो

देशान्तर

पथरी (मोरङ) । पूर्वाञ्चल क्षेत्रीय मेडिकल स्टोरमा धमाधम औषधि आउन थालेको छ ।

स्वास्थ्य सेवा विभागले हवाई जहाजमार्फत औषधि आयात गरेपछि पूर्वाञ्चल क्षेत्रीय मेडिकल स्टोरमा धमाधम औषधि आउन थालेको पूर्वाञ्चल क्षेत्रीय मेडिकल स्टोरका प्रमुख भरत साहले जानकारी दिए ।

भारतको नाकाबन्दी र मधेसी मोर्चाको बन्दका कारण औषधि ढुवानीमा समस्या हुँदा पूर्वाञ्चलमा औषधिको अभाव भएको थियो । पूर्वाञ्चल क्षेत्रीय मेडिकल स्टोर विराटनगरका प्रमुख भरत साहकाअनुसार स्वास्थ्य सेवा विभागले दमका बिरामीले प्रयोग गर्ने औषधि, सिटामोल साथै प्रेसरका औषधिसमेत मेडिकल स्टोरमा आइपुगेको छ ।

कार्यालय प्रमुख साहले कार्यालयमा आएको औषधिले २५ प्रतिशत माग पूरा गर्ने बताए । कार्यालयले सिरहा र सप्तरीमा समेत एक–एक ट्रक औषधि ढुवानी गरेको उनले जानकारी दिए ।

मेडिकल स्टोरले पूर्वाञ्चलका १६ जिल्लामा औषधि पुर्याउँदै आएकामा नाकाबन्दी र तराई बन्दका कारण चार महिनासम्म सिरहा र सप्तरीमा औषधि ढुवानी हुन सकेको थिएन ।

 

]]>