देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नक्कली एमआरपी पासपोर्ट बनाउने अभियुक्त पक्राउ

देशान्तर

काठमाडौँ। केन्द्रीय अनुसन्धान ब्युरोले झुटो विवरण राखी मेसिन रिडियवल पासपोर्ट (एमआरपी) बनाउने मुख्य अभियुक्तलाई आज पक्राउ गरेको छ । 

ब्युरोबाट खटिएको टोलीले अनुुसन्धानका क्रममा झुटो विवरण राखी एमआरपी बनाई मोटो रकम लिने गरेको भन्दै काभ्रे घर भई हाल सिनामङ्गल बस्ने ३९ वर्षीय रमेश भनिने रत्नप्रसाद पराजुलीलाई पक्राउ गरेको हो । 

यसअघि काल्छाङ छिरिङको ०८७५६९०४ नंको राहदानी बनाएको भन्दै मुस्ताङ घर भई हाल नागार्जुन नगरपालिका बस्दै आएका ४९ वर्षीय उत्तम गुरुङलाई पक्राउ गरिएको थियो । 

गुरुङले दिएको विवरणका आधारमा प्रहरीले खोजी गर्दा यही पुस १ गते काठमाडौँको सिनामङ्गलबाट मुख्य अभियुक्त पराजुलीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिए ।

]]>