देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एम्बुलेन्स दुर्घटनामा तीनजनाको मृत्यु

देशान्तर

इलाम । बिरामी लिएर झापाबाट पाँचथरतर्फ आउँदै गरेको एम्बुलेन्स आज बिहान करिब ४ः३० बजे इलामको गोदकमा दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।

 दुर्घटनामा पाँचथर फिदिम निवासी आनन्द अधिकारी, रेनुका अधिकारी र नरीमाया चौहानको घटनास्थलमै मृत्यु भएको हो । मे १ च १७४७ नम्बरको जनमैत्री सेवा संस्था, पाँचथरको एम्बुलेन्स मेची राजमार्गअन्तर्गत गोदक–४ घट्टामा सडकबाट करिब ३५० मिटर तल पल्टिएको थियोे ।

घाइते हुनेहरूमा एम्बुलेन्स चालक गेहनाथ प्रसाईं र टीकाराम अधिकारी रहेका छन् । उनीहरूलाई उपचारका लागि झापातर्फ लगिएको प्रहरीले जनाएको छ । 

]]>