देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोठाभित्र निसास्सीएर पोखरामा चारजनाको मृत्यु

देशान्तर

पोखरा। कोठाभित्र धुवाँले निस्सासिएर आज पोखरामा चारजनाको मृत्यु भएको छ । 

पोखरा नगरपालिका वडा नं १४ चाउथे प्रगतिटोलमा बस्ने २६ वर्षीया सीता राना उनका १२ वर्षीय छोरा सीमन्त राना, उनकी बहिनी नाता पर्ने वसन्ती राना र बयोवृद्ध आमा गङ्गाकुमारी थालको मृत्यु भएको हो । 

कास्कीका प्रहरी नायब उपरीक्षक गजुसिद्धि बज्राचार्यका अनुसार रातमा बालेको आगोका कारण कोठामा धुवाँ भरिएर उनीहरूको मृत्यु भएको हो । प्रहरी पुग्दा कोठाभित्र सोफा पनि जलेको अवस्थामा भेटिएको थियो । 

कोठाको झ्यालबाट धुवाँ आएको देखेपछि स्थानीयवासीले प्रहरीमा खबर गरेलगत्तै बिहान ७ः०० बजे घटनास्थलमा पुग्दा उनीहरूलाई मृतअवस्थामा फेला पारिएको बज्राचार्यले जानकारी गराए । 

]]>