देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संविधानमा सबैको अधिकार समेटिएको छ– गच्छदार

देशान्तर

विराटनगर । उपप्रधानमन्त्री एवम् मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले संविधानमा सबैको अधिकार समेटेको बताएका छन् ।

यहाँ आज पार्टीका अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उनले आफ्नै संविधान आफैँले बनाउने ६५ वर्षदेखिकोे जनताको सपना साकार भएको बताउँदै तराई–मधेसको आन्दोलनले मुलुकलाई ठूलो घाटा भएको र सबैभन्दा बढी मधेसकै जनजीवन तहसनहस भएको बताए । उनले आफ्नो दलले भर्खरै महाधिवेशन गर्ने निर्णय गरेको जानकारी दिँदै उनले पार्टीको सङ्गठनलाई बलियो र विस्तार गर्न कार्यकर्तालाई आह्वान गरे ।

दलका जिल्ला अध्यक्ष भक्तिनाथ माझीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा केन्द्रीय सचिव चन्देश्वर खत्रीले पार्टीको सङ्गठनलाई अझ प्रभावकारी बनाउनुपर्ने विषयमा जोड दिए ।

]]>