देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुनधाराको लुम्बिनी पाहुना घरमा गोली चल्यो

देशान्तर

काठमाडौं । राजधानीको सुनधरास्थित लुम्बिनी पाहुना घरमा प्रहरीले दुई युवकलाई गोली हानेर नियन्त्रणमा लिएको छ। गेस्ट हाउसमा रहेका ती दुई युवकसँग हतियार रहेको सूचनापछि प्रहरीले नियन्त्रमा लिएको हो।

नियन्त्रणमा लिन पाहुना घर पुगेको महानगरी प्रहरी अपराध महाशाखाको टोलीले गोली प्रहार गरी उनीहरुलाई नियन्त्रणमा लिएको हो। प्रहरीको गोलीबाट एक जना घाइते भएका छन्। महाशाखा स्रोतका अनुसार उनीहरुबाट गोली लोड भएको चिनिया पेस्तोल बरामद भएको छ।

घाइतेको खुट्टामा गोली लागेको स्रोतले बतायो।  महानगरी प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालका अनुसार घाइते हुनेमा छोटेलाल ठाकुर छन्। रौतहट निवासी ठाकुर नेपाल प्रहरीको भगौडा जवान हुन्। उनले प्रहरी संगठनबाट एसएलआर हतियारसहित जागिर छाडेर भागेका थिए।

]]>