देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘एक वर्षभित्र स्थानीय निकाय निर्वाचन’

देशान्तर

काठमाडौं । उपप्रधानमन्त्री कमल थापाले राजनीतिक स्थिरता कायम गर्दै अबको एक वर्षभित्र स्थानीय निकायको निर्वाचन गर्ने विषयलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।

जिविस काठमाडौँले यहाँ आज आयोजना गरेको आव २०७३/७४ को पूर्वयोजना तर्जुमा गोष्ठीको उद्घाटन गर्दै सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री थापाले लामो समयदेखि स्थानीय निकायको निर्वाचन हुन नसक्दा अनियमितता बढ्दै गएकाले जति सक्दो चाँडो निर्वाचन गर्नुपर्ने बताए ।

काठमाडौँ जिल्लालाई सिङ्गो महानगरका रूपमा लिएर विकास गर्ने गरी जिविसले ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

सांसद ध्यानगोविन्द रन्जित, अष्टलक्ष्मी शाक्य, राजन केसी र रामेश्वर फुयाँलले योजना तर्जुमा गर्दा सबै क्षेत्र, वर्ग, जातजाति, धर्मलाई समावेश गर्न आग्रह गरे ।

स्थानीय विकास मन्त्रालयका सचिव माधव रेग्मीले प्रशासनिक क्षेत्रमा देखिएको गलत प्रविधिलाई प्रोत्साहन गर्न नहुने बताए ।

गोष्ठीमा आव २०७३÷७४ को जिल्ला विकास योजना तर्जुमा गर्दा लिइने नीति सार्वजनिक गरिएको छ, जसमा वातावरणमैत्री शासनको खाकालाई स्थानीयकरण गर्ने अभियान सञ्चालन गर्न प्रोत्साहन गर्ने लगायत कायत्र्रmम छन् ।

]]>