देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कठयाङ्ग्रिदै बिहान विद्यालय जान बाध्य मधेसका विद्यार्थी

देशान्तर

महोत्तरी। संयुक्त मधेसी मोर्चाले जारी राखेको अनिश्चितकालीन आमहडतालका कारण महोत्तरीलगायत तराईका अधिकांश क्षेत्रका विद्यालय बिहानीपखको समयमा सञ्चालन भएपछि विद्यार्थी मर्कामा परेका छन् । 

पछिल्लो केही समययता तराईमा क्रमिक रुपमा बढ्दै गएको चिसोमा यस क्षेत्रका स–साना विद्यार्थी कठ्याङ्ग्रिदै विद्यालयसम्म पुग्न बाध्य भएका छन् । 

मधेसी मोर्चाको आन्दोलनका कारण तीन महिनाको अन्तरालपछि मधेसका जिल्लामा बिहान विद्यालय सञ्चालन भएपछि यस क्षेत्रका स–साना स्कुले विद्यार्थी आँखा मिच्दै किताब बोकी विद्यालय गइरहेका दृश्य हेर्न पाइन्छ । प्रायः सरकारी विद्यालयमा अध्ययन गर्दै आएका न्यूनस्तर एवम् दलित परिवारका विद्यार्थी न्यानो कपडाको अभावमा कठ्याङ्ग्रिएर विद्यालयसम्म जान बाध्य भएका छन् । 

तराईका क्षेत्रमा स–साना बालबालिकालाई बिहानपखको समयमा पठनपाठन गराउन एवम् स्याहार सुसार गर्न निकै नै सास्ती भएको शिक्षकहरुको गुणासो रहेको छ ।  

संयुक्त मधेसी मोर्चाको आह्वानमा महोत्तरी, धनुषा, सिरहा, सर्लाहीलगायत तराईका अधिकांश जिल्लामा बिहानीपखको समयमा कक्षा सञ्चालन हुँदै आएको छ । जसका कारण अबोध बालबालिका चिसोसँग सामना गर्दै पढ्न बाध्य भएका छन् । 

सीमाङ्कनको विरोधमा अनिश्चितकालीन आमहडतालमा उत्रेको संयुक्त मधेसी मोर्चाको आन्दोलन तथा क्रमिक रुपमा बढ्दै गएको चिसोका कारण विद्यार्थी, अभिभावक, शिक्षक शिक्षिकाको जनजीवन प्रभावित भई उनीहरुको स्वास्थ्यमा समेत प्रत्यक्ष प्रभाव पुग्ने स्थानीय शिक्षाविद्हरुको अनुमान रहेको छ । राजनीतिक क्षेत्रमुक्त रहेको विद्यालयलाई मौसमानुसार सञ्चालन गर्न सरोकारवाला निकायले समयमै ध्यान दिनु आवश्यक रहेको छ । 

]]>