देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

१८ गतेबाट डा. केसीले सत्याग्रह थाल्ने

देशान्तर

काठमाडौं । डा. गोविन्द केसी यहि कात्तिक १८ गतेदेखि सोह्रौं सत्याग्रह भाल्ने तयारीमा जुटेका छन् । नेपालको चिकित्सा शिक्षामा भएका विकृतिविरुद्ध विभिन्न चरणमा सत्याग्रह गर्दै आएका उनले आफु कुन जिल्लामा बस्ने भन्ने बारेमा केही खुलाएका छैनन् ।

२६ वर्ष सेवा गरेर त्रिवि शिक्षण अस्पतालबाट असोज अन्तिममा सेवानिवृत्त डा. केसीले आफ्नो संघर्षको अभियान कायमै रहेको जनाउँदै यही कात्तिक १८ गते सोमबारदेखि आफ्ना पुराना माग र त्यसमा थप नयाँ मागसमेत जोडेर सत्याग्रहको अन्तिम चरणमा रहेको बताए ।
असोज २७ गते त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै ६ बुँदे माग अघि सारेका थिए ।

के हो डा. केसीका मागहरु;

  • २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरिनुपर्ने ।
  • विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझावअनुरुप निष्पक्ष र पारदर्शिता ढंगले पदाधिकारी नियुक्त गर्ने कानुनी व्यवस्था गरिनुपर्ने ।
  • आन्दोलनरत मेडिकल विद्यार्थीहरुका मागहरु पूरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजले अवैध रुपमा असुल गरेको सम्पूर्ण रकम फिर्ता गरिनुपर्ने ।
  • अर्बौंको ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका संचालकहरुलाई फौजदारी कानुन बमोजिम कडाभन्दा कडा कारबाही गरिनुपर्ने ।
  • संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सीट संख्यामा वृद्धि गर्नेसम्बन्धीलगायतको निर्णय तत्काल खारेज गरिनुपर्ने ।
  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस कार्यक्रम संचालन गरिनुपर्ने ।
  • कर्णाली स्वास्थ्य प्रतिष्ठानमा एमडीजीपी कार्यक्रम सञ्चालन गर्ने अनुमति अनुचित ढंगले प्रधानमन्त्री कार्यालयले अड्काएर राखेकाले त्यसलाई तुरुन्त स्वीकृति दिँदै शीघ्र एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरिनुपर्ने ।