देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सर्वोच्चको आदेशपछि एनसेलले बुझायो ४ अर्ब ५० करोड कर

देशान्तर

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि एनसेलले ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर तिरेको छ ।

ठूला करदाताकार्यालयका अनुसार एनसेलले आज ४ अर्व ५० करोड रूपैयाँ बुझाएको हो । एनसेलले २२ अर्ब ६४ करोड रूपैयाँ तिर्नुपर्ने थियो। त्यो मध्ये ४ अर्ब ५० करोड तिरेको हो ।

सर्वोच्च अदालतको आदेशअनुसार ठूला करदाता कार्यालयले एनसेलको सेयर स्वामित्व खरिद बिक्रीवापतको लाभकर २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ निर्धारण गरी १५ दिनभित्र कर बुझाउन २२ मंसिरमा पत्राचार गरेको थियो ।