देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सभामुखको शपथविरुद्ध प्रदर्शन गर्ने मानवअधिकारकर्मी पक्राउ

देशान्तर

काठमाडौँ । नवनियुक्त सभामुख अग्नि सापकोटाको शपथ ग्रहणको क्रममा मानवअधिकारकर्मी पक्राउ परेका छन् । सापकोटालाई पद तथा गोपनियताको शपथ नराउन माग गर्दै प्रदर्शनमा उत्रिएका मानवअधिकारकर्मी पक्राउ परेका हुन् ।

सोमबार राष्टिपति  कार्यलय शीतलनिवास अगाडि हत्या आरोपी सापकोटालाई सभामुख बनाएको भन्दै विरोध गरेका थिए ।

महानगरी प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार अधिकारीकर्मी एवं नागरिक समाजका अगुवा चरण प्रसाईंलगायत करिब १० जनालाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेहरुमा पुर्णिमाया लामा प्रसाईं, महामुनिश्वर आचार्य, जनक राउत, एलिना गौतम, निरन्जन थपलिया, विपिन बुढाथोकी, शंकर बुढाथोकी, बालकृष्ण गजमेर,जेसिलिन राना,प्रशान्त त्रिपाठी, राजन कुइँकेल रहेका छन् ।