देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रौतहटको कुडियाबजार तनावग्रस्त, प्रहरीद्वारा हवाइ फायर

देशान्तर

रौतहट । रौतहटको राजपुर–६ कुडियाबजार क्षेत्रमा स्थानीयको दुई पक्षबीच झडप नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार र हवाइफायर गरेको छ । स्थानीयको झडप नियन्त्रणबाहिर गएपछि नियन्त्रणमा लिन दिउँसो १ बजे ३० राउण्ड हवाइफायर र २८ सेल भन्दाबढी अश्रुग्यास हानेको प्रहरीले बताएको छ ।

कुडियाबजार नजिकै रहेको पोखरीको किनारमा मुस्लिम समुदायले राखेको झण्डा निकालेको विषयलाई लिएर उत्पन्न विवादले उग्ररुप लिएको हो । झडपका क्रममा प्रहरीको गाडीमा पनि ढुंगामुढा भएको छ । झडपका कारण कुडियाबजार क्षेत्र तनावग्रस्त रहेको छ । त्यस क्षेत्रमा डीएसपी नवीन कार्कीको नेतृत्वमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

कुडियाबजार क्षेत्रमा देखा परेको समस्या समाधान गर्नका लागि जिल्ला प्रशासन कार्यालय रोतहटमा जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक पनि बसेको छ । बुधबार साँझ छठ पर्व मनाउनेहरुले बनाएको श्री सप्ताह मूर्ति तोडफोड भएपछि विवाद सुरु भएको थियो  .