देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रेमी सँग म्युजिक भिडियो गर्दै साम्राज्ञी

देशान्तर

 

काठमाडौं ।चलचित्र द्रिम्सबाट नेपलि चलचित्र क्षेत्रमा देव्यु गरेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अहिलेका डिमान्ड अभिनेत्रीमा पर्छिन् । त्यसैले पनि होला उनलाई चलचित्रमा लिन निर्माता निर्देशक मोटो रकम तिर्न समेत तयार छन् ।

अभिनेत्री साम्राज्ञी अभिनित यो वर्ष ‘रातो टिका निधारमा’ र ‘मारुनी’ प्रदर्शनमा आए । तर दुबै फिल्म बक्सअफिसमा असफल ठहरिए । सायद त्यसैले पनि होला उनी अहिले मौन छिन् ।

पछिल्लो समय उनी प्रेमी देवांश जंगबहादुर राणा र परिवारसँग समय बिताइरहेकी छिन् । जसको पुष्टि उनले बेलाबेलामा सार्वजनिक गर्ने तस्विरले पनि गर्दछ । यसैबीच, साम्राज्ञीले एक म्यूजिक भिडियो समेत अभिनय गरेकी छन् । साम्राज्ञीले प्रेमी देवांशसँग म्युजिक भिडियोमा काम गरेकी हुन् ।

साम्राज्ञी आफैले प्रेमीसँगको तस्वीर सार्वजनिक गर्दै म्युजिक भिडियोमा काम गरेको उल्लेख गरेकी छिन् । उनले आफ्नी आमा नेहा आरएल शाहको आवाजमा समावेश ‘तिमी र म’ बोलको गीतको भिडियोमा मोडलिङ गरेकी हुन् । अब म्युजिक भिडियो अभिनयमा निरन्तरता रहन्छ, रहँदैन यस विषयमा भने केही बताएकी छैनन् ।