देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रकाश र वर्षाको ‘परदेशी २’को सुभ मुहूर्त

देशान्तर

चलचित्र ‘परदेशी २’को छायांकन सुरु गरिएको छ । नारायण रायमाझीको निर्देशनमा तयार हुने चलचित्रको छायांकन आजैबाट सुरु गरिएको हो । आज बिहान पूजा गर्दै चलचित्रको सुभ मुहूर्तसमेत गरिएको छ । गायक प्रकाश सपुतले फेसबुकमार्फत चलचित्रको छायांकन सुरु भएको जानकारी गराएका छन् ।

उनका अनुसार, यो चलचित्रको प्रदर्शन मिति आउँदो बर्षको दशैंलाई तोकिएको छ । चलचित्रमा प्रकाश सपुत र नायिका वर्षा सिवाकोटीको मुख्य भूमिका छ । प्रकाशले चलचित्रको छायांकन सुरु हुँदै गर्दा आफूलाई खुशी, डर र उत्साह सबै रहेको बताएका छन् । उनले इमान्दार भएर चलचित्रको काम गर्ने समेत बताएका छन् ।

चलचित्र ‘परदेशी’को सिरिजको रुपमा तयार हुन लागेको यो चलचित्रले वैदेशिक रोजगारीको कथालाई उठान गर्नेछ ।