देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्से निरन्तर उकालो, आज पाँच अंकले बढ्यो

देशान्तर

काठमाडौं । साताको चौथो कारोवार दिन बुधबार पनि नेप्से बढेको छ ।

नेप्से आज पाँच दसमलव २४ अंकले बढेर १४ सय पाँच दसमलव २५ बिन्दुमा चढेकोम सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ९९ अंकले बढेर दुई सय ९५ दसमलव ९४ बिन्दुमा चढेको छ । एक सय ७७ वटा कम्पनीहरुको १५ सय ५३ वटा कारोवारमा ३४ लाख ५५ हजार छ सय ८२ कित्ता सेयर खरिद बिक्री बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब ६२ करोड ८८ लाख ४१ हजार तीन सय ८९ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा छ वटा समुहको सुचक घटेर छ वटा समुहको सुचक बढेको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दसमलव ७५ अंकले घटेर ११ सय ९४ दसमलव ८२ बिन्दुमा झरेकोमा निर्जिवन बीमा समुहको सुचक पनि ५२ दसमलव ७८ अंकले घटेर छ हजार सात सय ३४ दसमलव ९७ बिन्दुमा झरेको छ ।

फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, होटल र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन । बिकास बैंक समुहको सुचक भने आज पाँच दसमलव ५२ अंकले बढेर १८ सय ७१ दसमलव ५९ बिन्दुमा चढेको छ । यि बाहेक जलबिद्युत, लघुबित्त, ट्रेडिङ, उत्पादनमुलक र अन्य समुहको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको सामुदायिक लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० रुपैयाँले बढेर एक हजार २३ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको मल्टीपर्पोस फाईनान्सको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ५५ पैसाले घटेर एक सय २३ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको शिवम सिमेन्टको प्रतिकित्ता छ सय ४० रुपैयाँ अन्तिम मुल्यमा १४ करोड ७१ लाख ६२ हजार नौ सय १३ रुपैयाँको कारोवार भएको छ ।