देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेत्रहीन क्रिकेट संघको अध्यक्षमा पुन: पवन

देशान्तर

काठमाडौं । नेपाल नेत्रहीन क्रिकेट संघको अध्यक्षमा पुन: पवन घिमिरे निर्वाचित भएका छन् । संघको शुक्रबार बसेको १५ औं वार्षिक साधारणसभा तथा पाँचौ अधिवेसनले नयाँ कार्यकालको लागि घिमिरेलाई अध्यक्षमा चयन गरेको हो ।

यस्तै संघले उपाध्यक्षमा अमृत बराल, महासचिवमा बिक्रम बहादुर राना, कोषाध्यक्षमा उपेन्द्र श्रेष्ठ र सचिबमा गीता पौडेल चयन भएका छन् ।

यस्तै सदस्यमा रमेश पोख्रेल, सम्राट गौतम उपाध्याय, निल कण्ठ तिमिल्सिना, निर्मल पौडेल, भगवती भट्टराई र अकबर जोशी निर्वाचित भएका छन् । सबै सदस्य सर्वसम्मत निर्वाचित भएका हुन् ।