देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेकपामा भद्रगोल, अहिलेसम्म केन्द्रीय समिति बैठक बस्न सकेन

देशान्तर

काठमाण्डौं । एकिकरण भएको लामो समय बितिसक्दा पनि नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’को केन्द्रीय समितिदेखि स्थायी समिति तथा सांगठनिक गतिविधि भद्रगोल पाइएको छ । पार्टीलाई चुस्त र दुरुस्त बनाउने गरी पार्टी एकता भए पनि पोलिटब्युरो गठन नै हुन सकेको छैन ।

पार्टीको केन्द्रीय संरचना सक्रिय नहुँदा सदस्य भएकाहरूले पनि आफूले जिम्मेवारी नपाउँदा पार्टी चलायमान बन्न नसकेको गुनासो गरेका छन् ।

पार्टी एकतापछि पार्टीको केन्द्रीय समिति बैठक बस्न सकेको छैन । पार्टीका केन्द्रीय सदस्यहरूको शपथको समयमा निर्वाचन आयोगमा दल दर्ताका लागि हस्ताक्षर गर्नका लागि बैठक बसे पनि दोस्रो बैठक बस्न सकेको छैन ।

पार्टीको विधानअनुसार ६–६ महिनामा बैठक बस्नुपर्ने प्रावधान भए पनि केन्द्रिय समिति बैठक बस्न सकेको छैन । यसैगरी, तीन–तीन महिनामा बस्नुपर्ने पार्टीको स्थायी समिति बैठक झन्डै एक वर्ष बित्न लाग्दासमेत बस्न सकेको छैन ।

नेकपाको अन्तरिम विधानमा तीन–तीन महिनामा स्थायी समितिको बैठक बस्नुपर्ने प्रावधान छ ।