देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नादेज्दा कप: नेपाललाई इतिहास रच्ने मौका

देशान्तर

काठमाडौं । किर्गीस्तानमा जारी नादेज्दा कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज(बिहिबार) नेपालले उज्वेकिस्तानको सामना गर्दै छ । काराकोलस्थित सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे पैतिस्पर्धा सुरु हुनेछ ।

नेपाल पहिलो पटक प्रतियोगितामा सहभागी भएर फाईनल सम्मको यात्रा तय गरेको हो । त्यसैले आजको खेलमा जित हात पारे नेपालले इतिहास रच्ने छ । तर फाईनलमा नेपालले फिफा वरियतामा आफुभन्दा निकै माथि रहेको उज्वेकिस्तानसंग प्रतिस्पर्धा गर्नेछ । फिफा बरियतमा नेपाल १ सय १ औ र उज्वेकिस्तान ४४ औ स्थानमा रहेको छ ।

पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने अभियानमा रहेको नेपाललाई समुह चरणमा उज्वेकिस्तानसंग ब्यहोरेको हारको बदला लिने अवसर समेत प्राप्त छ ।
समुह चरणको खेलमा उज्वेकिस्तानले नेपाललाई २–० ले हराएको थियो ।
नेपालमै आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)को तयारी लागि नेपाल किर्गीस्तान पुगेको हो ।