देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नाडालले युएस ओपनको उपाधिका लागि मेडभेदेबसँग खेल्ने

देशान्तर

युएस ओपन टेनिसको उपाधिका लागि स्पेनिस टेनिस स्टार राफेल नाडालले रुसका डानिल मेडभेदेबसँग खेल्ने भएका छन् ।
आज भएको सेमिफाइनलमा इटालीका माटियो बेरेट्टिनीलाई पराजित गर्दै नाडाल युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।

फाइनल पुग्ने क्रममा दोस्रो वरियताका नाडालले बेरेट्टिनीमाथि ७-६, ६-४ र ६-१ को सेटमा जित निकाल्दै उपाधि नजिक पुगेका हुन् ।

अब १८ पटकको ग्राण्डस्लाम विजेता नाडालले उपाधिका लागि रुसका डानिल मेडभेदेबसँग खेल्ने छन् । फाइनल खेल आइतबार हुनेछ ।