देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कस्ते जित्ला फिफा वर्ष खेलाडीको अवार्ड? मेस्सी, रोनाल्डो र भान डायक मनोनयनमा

देशान्तर

एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ‘फिफा वर्ष खेलाडी अवार्ड’ को अन्तिम तीन खेलाडीको मनोनयन सार्वजनिक गरेको छ ।

फिफाले पहिलो चरणमा छनोट भएका १० खेलाडीबाट अन्तिम तीनको नाम सार्वजनिक गरेको हो ।
फिफाले सार्वजनिक गरेको वर्ष खेलाडीको अन्तिम मनोनयनमा बार्सिलोनाका लियोनल मेस्सी, युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र लिभरपुलका भिर्गिल भान डायक परेका छन् ।

यस सिजन लिभरपुलका डिफेन्डर डायकलाई मुख्य प्रतिस्पर्धीको रुपमा हेरिएको छ । डायकले गत साता मात्र युईएफए वर्ष खेलाडी अवार्ड जितेका थिए । उनले मेस्सी र रोनाल्डोलाई नै पछि बनाएका थिए ।

गत वर्ष क्रोएसियाका कप्तान तथा रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिचले अवार्ड जितेका थिए ।

यस्तै वर्ष खेलाडी महिलातर्फ युईएफए वर्ष खेलाडी अवार्ड जितेकी लुसी ब्रोन्ज, एलेक्स मोर्गन र मेगान रापोनी परेका छन् ।

त्यस्तै वर्ष उत्कृष्ट गोल पुस्कास अवार्डका लागि लियोनल मेस्सी,जुवानफर क्वान्टेरो र डानियल जेसोरीको गोल शीर्ष तीनमा परेको छ ।