देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनआरएनए चुनाव: मतगणना जारी कुल आचार्य अगाडि

देशान्तर

काठमाण्डौ । गैरआवासीय नेपाली संघ ‘एनआरएनए’को नयाँ नेतृत्वका लागि भएको चुनावको मतगणना अहिले जारी छ । हिजो (बिहीबार) रातिदेखि सुरु भएको मतगणनामा केहीबेर अघिसम्म ओसिनिया र अफ्रिका क्षेत्रको गणना सकिएको निर्वाचन अधिकृत शिव रिजालले जानकारी दिए ।

यी क्षेत्रका १६ सय १० मत गणना सकिँदा कुलप्रसाद आचार्य अगाडि रहेको उनले जानकारी दिए । ९ बजेसम्ममा मतगणना सकिने उाले बताए ।

बुधबार अबेर सुरु भएको मतदान भोटिङ मेसिनमा समस्या आएपछि हिजो बिहानसम्मका लागि स्थगित गरिएको थियो ।

फेरि, हिजो बिहीबार मतदाता नामावलीमा विवाद भएपछि मतदान प्रक्रिया ढिलो मात्रै सुरु भएको थियो ।

सँघको नयाँ अध्यक्षमा कुलप्रसाद आचार्य र कुमार पन्त उम्मेद्वार छन् । २५ सदस्यीय कार्यसमितिका लागि ७५ जना उम्मेद्वार छन् ।