देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशभर पछिल्लो २४ घण्टामा थप ५१५३ जनामा कोरोना पुष्टि, १०८ जनाको मृत्यु

देशान्तर

काठमाडौँ– नेपालमा पछिल्लो चौबीस घन्टामा थप ५ हजार १ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ६५ पीसीआर परीक्षणबाट ३ हजार ८ सय ७० र ५ हजार ६११ एन्टिजेन परीक्षणबाट १ हजार २ सय ८३ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा देशभर १०८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ९८ पुगेको छ।

गत २४ घण्टामा ६ हजार ५ सय ७० जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।