देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ‘क्यालिब्रेसन फ्लाइट’का लागि तयार

देशान्तर

काठमाडौं – निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ‘क्यालिब्रेसन फ्लाइट’का लागि तयार भएको छ । विमानस्थलको टावर, धावनमार्ग  लगायतका क्षेत्रमा आवश्यक सबै     विद्युतीय उपकरण जडान गर्ने काम चैत  दोस्रो सातामै सम्पन्न भइसकेको हो । 

जहाज नै उडान र अवतरण गरेर ‘क्यालिब्रेसन फ्लाइट’ गरिने गौतमबुद्ध अन्तर्राष्ट्रिय  विमानस्थल  निर्माण  आयोजना आईसीबी–टुका प्रमुख प्रवीण न्यौपानेले बताए ।   

‘क्यालिब्रेसन फ्लाइट’ भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै उडानसम्बन्धी अन्य कार्य निर्देशन गर्ने धावनमार्ग, टावर लगायतका क्षेत्रमा जडान भएका उपकरणको परीक्षण हो । यसअघि नै परीक्षण गर्ने तयारी गरिएको भए पनि कोरोना महामारीका कारण प्रभावित भएको प्रमुख न्यौपानेले जानकारी दिए ।  यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।