देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रात्रीकालीन व्यवसाय ९ बजेपछि बन्द गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

देशान्तर

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रीकालीन व्यवसाय तथा रेस्टुरेन्टहरू राति ९ बजेपछि कडाइका साथ बन्द गर्न निर्देशन दिएको छ । कोरोना संक्रमण रोकथामलाई मध्यनजर गर्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

बुधबार सूचना जारी गर्दै जनस्वास्थ्य मापदण्डको उल्लंघन बढ्दै गएको र बेलायत भेरियन्टको बढ्दो संख्यामा ध्यान राख्दै मास्क प्रयोग नगर्नेलाई कारबाही गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ । त्यसैगरी संक्रमणको अवस्था हेरी ठूला सहरमा ५ सय भन्दा बढी र साना सहरमा १ सय भन्दा बढी सक्रिय संक्रमित देखिएमा ती स्थानमा आवगमनमा कडाइ गर्न निर्देशन दिएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बताए ।

मन्त्रालयले शैक्षिक संस्थाहरूमा पनि संक्रमण बढ्दै गएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । बढी भीडभाड र जोखिम बढ्न सक्ने स्थानहरूमा कडाइका साथ जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेका छन् । त्यसैगरी संक्रमण बढी जोखिम हुन सक्ने स्थानहरुमा एन्टिजेन परीक्षण र कन्ट्याक्ट ट्रेसिङ बढाउन मन्त्रालयले अनुरोध गरेको छ ।