देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डाक्टरको परामर्श शुल्क बढाउने निर्णयमा मन्त्रालयको असहमति

देशान्तर

काठमाडौं । चिकित्सकहरुको परामर्श शुल्क वृद्धि गर्ने निर्णयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असहमति जनाएको छ ।

नेपाल चिकिसत्क संघ र निजी अस्पतालहरुको छाता संगठन अफिनले बुधबारदेखि लागू हुने गरी विरामी चेकजाँच गर्दा दिने परामर्श शुल्क बृद्धि गरेको थियो । यसअनुसार चिकित्सकको परामर्श शुल्क ३७० देखि ८२५ रुपैयाँ पुगेको छ र, यसमा अस्पतालले २० प्रतिशतसम्म थप शुल्क जोड्न सक्नेछ ।

तर मन्त्रालयसँग परामर्श नगरी शुल्क वृद्धि गरिएको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताए । बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले भने, उहाँहरुलाई शुल्क निर्धारण गर्ने अधिकार छैन ।

नयाँ शुल्कमा मन्त्रालयको सहमति छैन । उनले मुल्यबारे चिकित्सक संघ, अफिन लगायतसँग छलफल गर्न तयार रहेको समेत बताए ।