देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बझाङमा युवाको हत्या आरोपमा वडाध्यक्षसहित ४ जना पक्राउ

देशान्तर

काठमाडौ । बझाङको छविसपाथिभेरा गाउँपालिका वडा नं ३ का अमृत सिंहको हत्यामा संलग्न भएको आरोपमा वडा अध्यक्षसहित चार जना पक्राउ परेका छन् । सिंहको मंगलबार राति खुँडा प्रहार गरी हत्या भएको थियो । २३ वर्षीय सिंह नेपाल तरुण दल छविसपाथीभेरा गाउँपालिकाका सदस्य समेत हुन् ।

हत्या अभियोगमा पक्राउ पर्नेहरुमा छविसपाथीभेरा गाउँपालिका २, का वडा अध्यक्ष विकास अयडी, सोही ठाउँका प्रकास अयडी, केदार अयडी र ज्ञान वहादुर कठायत रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हत्या घटनामा वडाध्यक्ष विकास अयडी चढ्ने से १ प ७६१ नम्बरको सरकारी मोटरसाइकल प्रयोग भएको प्रहरीले बताएको छ ।